BBS 2nd yr HRM CHAPTER 2
Job design and job analysis १. Job (/ काम) Job भन्नाले कुनै व्यक्ति द्वारा संस्था वा संगठनका लागि पारिश्रमिक (तलब) को बदलामा नियमित रूपमा गरिने काम तथा जिम्मेवारीहरूको समष्टिलाई बुझिन्छ। Job निश्चित संस्थासँग सम्बन्धित हुन्छ र यसमा विभिन्न कार्य तथा कर्तव्यहरू समावेश हुन्छन्। उदाहरण: कलेजमा अध्यापन गर्नु शिक्षकको job हो। २. Task (कार्य) Task भन्नाले job भित्र समावेश हुने सानो–सानो, विशिष्ट तथा निश्चित कामलाई जनाउँछ। एउटा job पूरा गर्न धेरै task हरू गर्नुपर्छ। Task job को आधारभूत एकाइ हो। उदाहरण: लेक्चर तयार गर्नु, कक्षा लिनु, उत्तरपुस्तिका जाँच गर्नु शिक्षकका task हरू हुन्। ३. Position (पद) Position भन्नाले कुनै संगठनभित्र एउटा व्यक्तिले धारण गरेको औपचारिक पद वा स्थानलाई जनाउँछ। Position सीमित संख्यामा हुन्छ र प्रत्येक position सँग निश्चित अधिकार, कर्तव्य तथा जिम्मेवारी जोडिएको हुन्छ। उदाहरण: सिमरा कलेजको Management Lecturer एउटा position हो। ४. Occupation (पेशा) Occupation भन्नाले मानिसहरू जीवनयापनको लागि अपनाउने व्यापक प्रकारको काम वा पेशालाई बुझिन्छ। यसमा ...